पाहुनालाई काउलीको गुन्द्रुक उपहार

काठमाडाैं | फागुन ८, २०७९

पाहुनालाई काउलीको गुन्द्रुक उपहार

चरिकोट:  प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो । 

 

उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ । 

 

उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ । 

 

करिब  १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् । 

 

यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो,  झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।

 

काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो । 

 

प्रचारप्रसार होस् भनेर  पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो । 

 

यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् । 

 

वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो । 

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...

थप पढ्नुहोस्

रौतहट:   जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।   आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...

थप पढ्नुहोस्

पाेखरा:    नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले  भाईटीकाको साइत सार्वजनिक गरेको छ ।   समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...

थप पढ्नुहोस्