ल्होत्से मलमा मोबाइल लुटपाट र आगजनीमा संलग्न १५ मुख्य आरोपी पक्राउ

काठमाडाैं | फागुन ४, २०७९

ल्होत्से मलमा मोबाइल लुटपाट र आगजनीमा संलग्न १५ मुख्य आरोपी पक्राउ

गत माघ १ गते राजधानीको ल्होत्से मलमा भएको लुटपाट र आगजनी एवं तोडफोडमा संलग्न रहेका १५ मुख्य आरोपीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

 

कार्यालयले जनाए अनुसार मोबाइल लुटपाटमा संलग्न सुरज मगर, रितेश बस्नेत र यमन राई रहेका छन् । 

 

त्यस्तै, तोडफोड र आगजनीमा मुख्य भूमिका खेलेको आरोपमा सुमन कालिकोटे, रोमन नगरकोटी, सुदिप तामाङ् माधव शाही, केशर राई, इन्द्र तामाङ्, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ् रहेका छन् । 

 

अन्य आरोपीमा संविधान परियार र कविन खड्की रहेको कार्यालयले जनाएको छ । 
 

 

आरोपीहरुलाई थप अनुसन्धान तथा कारवाहीकालागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाईको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 


गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो।

 

आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड पनि भत्काएका थिए। 

 

यता त्यही बेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेका थिए। 
 

काठमाडौं:     सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणख...

थप पढ्नुहोस्