पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिनः मन्त्री किराँती
पाेखरा | फागुन ४, २०७९
पोखरा: नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुुन्छ पात्रो हेरेर भन्न नसक्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
‘पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समर्ग पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो, मन्त्री किराँतीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडी बढ्छौं, पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन ।’
पोखरा विमानस्थलबाट कहिले अन्र्तराष्ट्रिय उडान हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले पात्रो हेरेर भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न अत्याधिक प्रयास भएको छ, यथासक्य छिटो हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले भने ।
माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खादा र माला लगाएर नबस्ने घोषणा गरेको हो मन्त्री किराँतीले बताए ।
‘देश र मन्त्रालय यती विमान दुर्घटनाबाट शोकमा थियो , शोकमा खाँदा र माला लगाएर मन्त्रालय नबस्ने घोषणा गरे लगाएन, उनले भने, ‘खाँदामाला प्रति सम्मान छ, एउटै व्यक्तिलाई ५ सय केजीसम्मको माला पहिराएको पनि देखिन्छ यो राम्रो होइन, यो संस्कृतिको नाममा विकृति हो ।’
मन्त्री किरातीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा पृथ्वीचोकसम्म विमानस्थलकै मातहतमा सवारी संचालन गर्ने आश्वासन समेत दिएका छन् ।‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रु आएपछि ट्याक्सी लगायत अन्य सवारी प्रयोग गरेर जाने प्रचलन रहेछ, सम्बन्धित निकायसँग कुराकानी गरेर विमानस्थलकै पक्षबाट पृथ्वीचोकसम्म सेवा दिन छलफल अगाडी बढाउछु ।’ उनले भने ।
मन्त्री किराँतीले आज (बिहीबार) पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

