कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

विराटनगर | फागुन ३, २०७९

कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

काठमाडौं:  मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। 

 

मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

 

पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन।

 

‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’

 

पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।

 

उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी' थेगोले उनी चर्चित छन‍्।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्