तनहुँमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण

तनहुँ | फागुन १, २०७९

तनहुँमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण

तनहुँ:   नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो।


बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो। 


दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा दुई हजार सात विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ। तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उहाँले जानकारी दिनुभयो। 


बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नसा सानो हुने, मुटुको भल्ब सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने जस्ता समस्या पर्ने बेलैमा उपचार गर्न आवश्यक पर्ने भएको परीक्षण गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने बताउनुभयो । 


वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले नेतृत्वमा १४ जना चिकित्सकको टोलीले मुटु परीक्षण गरिएको थियो। मुटुको स्वास्थ्य स्थिति र आवश्यकता अनुसार १५२ जना विद्यार्थीको ईसीजी परीक्षण पनि गरिएको थियो।


दस जना विद्यार्थीको थप परीक्षण र उपचार गर्नुपर्ने देखिएकाले उनीहरूलाई काठमाडौँ लैजान र निःशुल्क उपचार गर्न सिफारिस गरिने प्रतिष्ठानका उप–सभापति चुणामणि दाहालले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले चिकित्सहरूको टोलीको नेतृत्व गर्नुभएको थियो। शिविरको नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा।डा। कृष्णप्रसाद गौतमले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा गौतमले मुटु परीक्षण जस्तो महत्वपूर्ण कार्यक्रम जिल्लाव्यापी रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो। 

   

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्