चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु निर्वाचित
पाेखरा | माघ २९, २०७९
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो ।
त्यस्तै संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए।
यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् ।
संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भएका हुन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

