साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान
पाेखरा | माघ २८, २०७९
पोखरा: साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए ।
छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए ।
साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही विद्यालयका पुर्व प्रधानाध्यापक हुन । शिक्षण पेशा संगै साहित्यको विकासमा उनले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थाले सम्मान गरेको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत र कार्यक्रम संचालन सचिव सीता बरालले गरेकी थिईन भने सम्मानित ब्यक्तिको परिचय लक्ष्मी देबकोटाले दिएकी थिईन ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

