पशुको भिडियो एक्स–रे सेवा सुरु

गुल्मी | माघ २४, २०७९

पशुको भिडियो एक्स–रे सेवा सुरु तस्बिर साभार

गुल्मी:  गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो ।

 

केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् । 

 

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।

 

भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिनुभयो । 

 

किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।

 

किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने डा. काफ्लेले बताउनुभयो । 

 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्