टर्की भूकम्प: मृत्यु हुनेको संख्या ४८ सय नाघ्यो
काठमाडाैं | माघ २४, २०७९
photo: agency
काठमाडौं: टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ सय नाघेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले जनाएको छ । साथै हजारौँ संख्यामा घाइते भएका छन् ।
सोमबार बिहान स्थानीय समयअनुसार ०४:१७ मा (०१:१७ GMT) पहिलो भुकम्प ७.८ म्याग्निच्युडको गएको थियो । बिबिसीका अनुसार पहिलो भुकम्प पछि टर्किमा मात्रै ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका र १५ हजार भन्दा बढि घाइते भएका छन् ।
करिब १३ घण्टा पछि पुनः दोश्रो शक्तिशाली भुकम्प ७.५ म्याग्निच्युडको गएको थियो । तर त्यसबीचमा सयौं पराकम्प गएका थिए । भुकम्पविदका अनुसार टर्कीको पहिलो भुकम्प अहिले सम्मको सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएका छन् ।
सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

