मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडाैं | माघ २४, २०७९
भक्तपुर :भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ पलासेमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।
बस र बस चालक वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

