‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’

काठमाडाैं | माघ २४, २०७९

‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’

सन्धिखर्क : ‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’, यो भनाइ अर्घाखाँची जिल्लामा चरित्रार्थ भएको छ। जिल्लामा आफ्नैले नै सबैभन्दा नजिकका आफन्तलाई नै शंकास्पद तरिकाले आफन्तको हत्या गरेका छन्। सबैभन्दा नजिकको नाता पतिले पत्नीको, पत्नीले पतिको, दाजुले भाइको, साथीले साथीको हत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। 

 

घटना–१ : पत्नीद्वारा पतिको हत्या


गएको मंसिर २४ गते राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीले आफ्नै पति बलबहादुर सार्कीको झुन्डाएर हत्या गरिन्। बलबहादुरको झुन्डिएर मरेको भन्ने सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शंका लागेर अनुसन्धान गर्दै जाँदा पत्नी लक्ष्मीले पटुकाले घाँटीमा पासो लगाइ कर्तव्य गरी मारेको प्रहरी समक्ष स्वीकार गरिन्। पतिको हत्या गर्ने लक्ष्मीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

घटना–२ : दाजुद्वारा भाइको हत्या


गएको कात्तिक २ गते भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको  आफ्नै दाजु ७६ वर्षीय  हिमबहादुर गमालले सोही वडाकै घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे। गिठा खोला साम्ने गाउँ सडक  खण्ड (मोटरबाटो) देखि अन्दाजी ८० मिटर तल खस्न गई मृत्यु भएको भन्ने सूचना प्राप्त भई निजको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजको आफ्नै दाजु हिमबहादुरले धकेलेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरे। भाइको हत्यामा संलग्न रहेको अभियोगमा हिमबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। 

 

घटना –३ : पतिद्वारा पत्नीको हत्या


गएको असोज ७ गते बेलुका अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–३ बस्ने ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै घरको सुत्ने कोठामा पत्नी ५० वर्षीया मनकला भुसाललाई ढुंगाको गोलो डल्लो (लोहोरो) ले टाउकोमा हानी हत्या गरे। महिलाको घटनास्थलमा नै मृत्यु भएको सम्बन्धमा गोप्य सूचनाको आधारमा मृतकका पति पिताम्बरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा पत्नीको हत्या गरेको स्वीकार गरे। उनी अहिले पुर्पक्षको लागि कारागार चलान गरिएको जिप्रकाले जनाएको छ। 

 

घटना –४ : साथीद्वारा साथीको हत्या


गएको साउनमा अर्घाखाँचीको पोखराथोकमा आफ्नै साथीको घरमा आएका विष्णुबहादुर पाण्डेको हत्या भयो। गाडी किनेको पैसा लिन भनी आफ्नै साथीसँग साथीको घर अर्घाखाँचीको पोखराथोकमा आएका पाण्डेको रूपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक)ले हत्या गरे। 

 

माथिका यी चार त प्रतिनिधिमूलक घटना मात्र हुन्। अर्घाखाँची प्रहरी प्रमुख रिजालका अनुसार चालू आर्थिक वर्षमा मात्र ६७ प्रतिशत हत्या आफन्तबाट भएको छ। जिल्लामा ६ महिनामा ६ जनाको हत्या भएको छ। जसमा चार जनाको हत्यारा आफन्त नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि मुद्दाको फैसला हुन बाँकी नै छ। यी घटनाले पछिल्लो समय आफन्तबाटै आफन्तलाई सुरक्षा पाउन कठिन भएको छ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्