महोत्तरीमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु
महोत्तरी | माघ २२, २०७९
महोत्तरी: महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।
लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

