गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं: भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।
यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ । म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

