वैदेशिक रोजगारीमा ठगी भए तत्काल कारबाही हुन्छ : मन्त्री अर्याल

काठमाडाैं | माघ २२, २०७९

वैदेशिक रोजगारीमा ठगी भए तत्काल कारबाही हुन्छ : मन्त्री अर्याल तस्बिर साभार

काठमाडौं:  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ। 

 

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो। 

 

उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताउनुभयो। उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने बताउनुभयो। उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनुभयो। 

 

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभएको छ।

 

मन्त्री अर्यालले भन्नुभयो, ‘‘म्यानपावर र व्यवसायीलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं। वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानुनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानुनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु।’’

 

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो। उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्