भएन विमानस्थलको चित्तबुझ्दो सुधार

काठमाडाैं | माघ २२, २०७९

भएन विमानस्थलको चित्तबुझ्दो सुधार

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ ।  शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल अनुगमनका क्रममा उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको बताउनुभयो।

 

उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा सुधारका काम देखिए पनि चित्तबुझ्दो सुधार भएको देखिएको छैन।” माघ पहिलो साता अनुगमनका क्रममा विमानस्थलका शौचालय र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएका मन्त्री किराँतीले यसअघिको निर्देशन गरिएका कुरा चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनुभयो। 

 

यात्रुको सहजताका लागि थुपै्र सुधारका काम बाँकी रहेकाले सर्वसाधारणले अनुभूति गर्ने गरी तत्काल सुधारका काममा ध्यान दिन उहाँले निर्देशन दिनुभयो। विमानस्थलमा रहेका ट्रलीहरूमा ब्रेक नभएको भन्दै तत्काल सुधार गर्न उहाँले थप निर्देशन दिनुभयो।  

 

यसअघिको अनुगमनका क्रममा मन्त्री किराँतीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष, लिफ्ट, स्केलेटर र इलिभेटरको अनुगमन गर्नुभएको थियो। 

 

विमानस्थलमा आगमनतर्फ अहिले तीनवटा लिफ्ट, एउटा स्केलेटर र एउटा इलिभेटर छ। डिजाइनमै त्रुटि देखिएको स्केलेटरमा हाल ट्रली लान निषेध  गरिएको छ।  उहाँको निर्देशनलाई ध्यानमा राख्दै आगमन कक्ष व्यवस्थापनको जिम्मा लिएको आईएमएस एयरपोर्ट सर्भिसेजले लिफ्ट थप्ने र यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउने प्रतिबद्धता जनाएको छ।

 

कम्पनीले केही दिनअघि विज्ञप्तिमार्फत १० जना  यात्रु क्षमताको नयाँ एलिभेटर थप्न लागेको जनाएको छ। त्यस्तै ट्राभलेटरलाई सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रली खरिद गरेर उपलब्ध गराउँदै आएको र व्यवस्थापनमा पनि सहजीकरण गरेको कम्पनीको दाबी छ। 

 

निःशुल्क वाइफाई व्यवस्था गर्न निर्देशन

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले देशभरका ३६ वटा विमानस्थललाई पत्राचार गर्दै आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको जनाएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्