सांसद चौधरीलाई आज अदालतमा बुझाइने

काठमाडाैं | माघ २०, २०७९

सांसद चौधरीलाई आज अदालतमा बुझाइने

धनगढी:  तेह्र वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका  प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । 

 

अदालत खुलेपछि उहाँलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । काठमाण्डौं जाने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट उहाँलाई पक्राउ गरेको थियो । पक्राउ पर्नु भएका चौधरीलाई नेपालगञ्जबाट जहाजमा काठमाण्डौं र काठमाण्डौंबाट हिजो साँझ जहाजमै धनगढी ल्याइएको छ । चौधरीसँग नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली आउनु भएको छ ।  

 

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए । ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।  

 

प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो । अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो ।

 

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो । यसबिचमा चौधरीले कैयौँ पटक चुनावसमेत लडिसक्नु भएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा उहाँ कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीले ११ वर्ष अगाडि नै सरकार र तत्कालीन आन्दोरत थरुहट सङ्घर्ष समितिबिच भएको सहमति विपरीत मुद्दा चलाइ पक्राउ गरेको जनाएको छ । 

 

विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको थारु संयुक्त सङ्घर्ष समिति र नेपाल सरकारबिच २०६९ जेठ १० गते आठ १० बुँदे सहमति भएको थियो । जुन सहमतिको बुँदा ८ मा थारुहरूले चरणबद्ध रूपमा गरेको आन्दोलनको क्रममा पक्राउ परेकालाई निशर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने र आन्दोलन रोक्ने सहमति गरिएको थियो । नेपाल सरकारको वार्ता टोली र थारु संयुक्त सङ्घर्ष समितिबिच भएको सम्झौता विपरित मुद्दा चलाएर दोषी ठहर गरी पक्राउ गर्ने कार्यको थरुहट÷थारुवान् राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले विरोध जनाएका छन् । 

 

२०७२ साल भदौ ८ गते थारु समुदायका घर, व्यापारिक फर्म छानी–छानी जलाउनेलाई पक्राउसमेत नगरेको तर सरकार र आन्दोलनरत पक्षबिच मुद्दा फिर्ता गर्ने सहमति भएको घटनामा दोषी ठहर गरी पक्राउ गर्नु थारुमाथि राज्यको विभेद रहेको मोर्चा र सभाको ठहर छ । 

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्