डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
गुल्मी | माघ १८, २०७९
रेसुङ्गा: गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् ।
पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् ।
‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्, ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् ।
सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको पाण्डे बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा काम गर्छन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध उत्पादन हुन्छ । उनीहरुले सदरमुकाम तम्घासमा दूध बेच्दै आएका छन् ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

