सूर्ति तस्करीमा संलग्न एक पक्राउ

विराटनगर | माघ १८, २०७९

सूर्ति तस्करीमा संलग्न एक पक्राउ

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रंगेली नगरपालिका–५ बाट प्रहरीले सूर्ति तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। 

 

भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। 

 

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मियाँलाई पक्राउ गर्नुका साथै ६ सय ९० किलोग्राम अवैध सूर्ति बरामद गरेको छ। 

 

बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ। 

 

भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका मियाँ र बरामद भएको सूर्तिलाई प्रहरीले भन्सार बुझाएको छ। 

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्

काठमाडौं:  बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...

थप पढ्नुहोस्