सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडाैं | माघ १८, २०७९

सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौं:  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो ।

 

नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ ।

 

आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

 

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ ।

 

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्