गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दोलखा | जेठ २२, २०७९
दोलखा: दोलखाको चरीकोट जिरी सडकखण्ड अन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईलाई स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो । गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

