पाँच दिन देखि बेपत्ता किशोर मृत भेटिए

अछाम | जेठ २१, २०७९

पाँच दिन देखि बेपत्ता किशोर मृत भेटिए

अछामः  अछाममा पाँच दिन देखि हराइ रहेको किशोरको शव फेला परेको छ।

 

 शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्ची स्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए। 

 

मृत्यु हुने १७ वर्षीय विनोद शाही हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। उनको शव फेला परे पछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच विवाद भइ रहेको विष्टले बताए।

 

 एमालेका कार्यकर्ताहरु कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। तसर्थ एमाले र कांग्रेसका कार्यकर्ताहरु बीच भएको विवादले दुवै पक्ष आक्रोशित बनेको छ ।

 

आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन, विष्टले भने, हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं। टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ।

 

उनी १७ गते देखि नै हराइ रहेको बताए पनि प्रहरीलाई शुक्रबार मात्रै मौखिक जानकारी दिइएको थियो र शनिबार प्रहरी कार्यालयमा हुलिया सहित हराएको निवेदन परेको थियो, सो निवेदनअनुसार प्रहरीले मातहत कार्यालयमा पत्राचार गरि खोजी गर्न सबै युनिटलाई जानकारी गराइ खोज अनुसन्धान सूूरु गरेका थियौँ विष्टले जानकारी गराए। । यसै क्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। 

 

घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसि रहेको छ। दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइ रहेको छ। सहजीकरण गरि दिनको लागि हामीले नेताहरुलाई मंगलसेनबाट बोलाएका छौं उनले भने.  पार्टीका कार्यकर्ताहरु बीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिन देखि नै लफडा सुरु भएको प्रहरीको भनाइ छ। साथै शाहीको शव फेला परे पछि हिजो देखि सुरु भएको विवादले उग्र रूप लिएको हो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्