उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडाैं | माघ १८, २०७९

उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडाैँ:  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । 

 

ऊर्जा, जलस्राे तथा सिंचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।

 

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।

 

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो  ।

 

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै राजदूतले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

 

पूर्वाधार, विकासको मेरुदण्ड भएकाले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकाले त्यसमा सहकार्य गर्न इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।

 

केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समयसापेक्ष बनाउँदै लगिने उहाँको भनाइ थियो ।  

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्