भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडाैं | माघ १८, २०७९

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं:  भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।


पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।


भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।


यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्