भारतबाट बढेर आयो इन्धनको मूल्य
काठमाडाैं | माघ १८, २०७९

काठमाडौं: भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।
भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।
यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।
पोखरा: विष्णु नेपाली पोखरा महानगरपालिकाका १६ का निवर्तमान वडासदस्य हुन् । ‘धार्मिक क्षेत्र मास्न पाइँदैन, गैरकानुनी सिफारिस गर्न पाइँदैन’ भन्ने प्लेकार्डसहित धर्ना बस्नु उनको दैनिकी...
काठमाडौँ: सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको ...
जिल्ला प्रहरी कार्यालय कास्कीभित्र उजुरी बोकेर भित्रिनेमध्ये ६० प्रतिशतको गोजीमा बाउन्स भएको चेक हुने गरेको छ । चेक बाउन्स (चेक अनादर)को उजुरी प्रहरीमा गर्न मिल्ने र कारवाही प्रक्रिया अघि बढ्ने ...