गोलघरमा महानगरको डोजर, सूचनापार्टीसहितको पोखरेली घर बनाउने योजना
पाेखरा | माघ १७, २०७९
पोखरा: पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित गोलघरलाई पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार आजदेखि भत्काउन सुरु गरिएको हो ।
पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।
उनले जिर्ण अवस्थामा रहेको पोखरा गोल घरलाई भत्काएर पोखराको आर्कषण पोखरा घर बनाउने योजनामा रहेको सुनाए । ‘पोखरामा आउने पर्यटकलाई लक्षित गरेर पोखरेली घर बनाउने योजनासहित अगाडी बढेका छौं, मर्सानीले भने, ‘जिर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरि पोखरा घर निर्माण गर्ने योजनामा छौं ।

वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचनापार्टीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सहित पर्यटकीय क्षेत्रको सूचनापाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ ।’ उनले भने ।
विज्ञ टोलीले तत्काल डिपियार तयार गर्ने बताउदै २ वर्ष भित्र योजना पुरा गर्ने लक्ष्य रहेको जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

