पोखरामा प्रहरीको हात भाँचेको आरोपमा प्रकाउ परेका थापा ४ हजार जरिवानामा छुटे

पाेखरा | माघ १६, २०७९

पोखरामा प्रहरीको हात भाँचेको आरोपमा प्रकाउ परेका थापा ४ हजार जरिवानामा छुटे

पोखराः   पोखरामा ड्युटीमा खटिएका प्रहरीको हात भाँचिदिएको आरोप लागेका शौरभ थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् ।  


अभद्र मुद्धामा प्रकाउ परेका थापालाई ४ हजार जरिवानामा छोडिएको जिल्ला प्रशासन कार्यालय कास्कीका मुद्धा शाखा प्रमुख शिवप्रसाद गौतमले जानकारी दिए ।  


सौरभले ५ दिनअघि गाडी चलाउँदा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिएको आरोप लागेको थियो । प्रहरीका अनुसार २५ वर्षीय सौरभले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । गत बिहीबार नै उनलाई पक्राउ गरी ५ दिनको म्याद थपिएको थियो । अभद्र मुद्धा लागेका उनलाई प्रशासनले छाडिदिएको हो ।


प्रहरीका अनुसार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै नै भाँचिएको छ ।
 

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्