विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा
पाेखरा | माघ १४, २०७९
पोखरा: गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।
पोखरा महानगरपालिकाले घटनाको १३ औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो ।
दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ ।
उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
माघे सङ्क्रान्तिको बिहान काठमाण्डौबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जनाको खोजी कार्य जारी छ ।
दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

