गण्डकी सभामुख कृष्णप्रसादद्धारा पार्टी परित्याग
पाेखरा | माघ १२, २०७९

पोखराः गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् ।
पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ ।
धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...