भारतको अयोध्या लैजाने शिला हस्तान्तरण
काठमाडाैं | माघ १२, २०७९
म्याग्दी: भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको हो ।
गलेश्वर देखि बेनी बजार सम्म शिला सहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।
शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित आउनुभएको छ ।
काली गण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

