गण्डकीमा ७ मन्त्रालय, माओवादीका जम्मा २
पाेखरा | माघ ९, २०७९
पोखराः गण्डकी प्रदेशमा जम्मा ७ मन्त्रालय बनाउने सहमति भएको नेकपा एमाले स्रोतले बताएको छ ।
जसअनुसार एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउनेछन् । सुन्दा विश्वास नलागे पनि सात मन्त्रालयमात्रै हुने टुंगो लागेको गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सिता सुन्दासले संकेत गरेकी छिन् ।
‘मिलाएर बुझ्नुहोस्, लगभग त्यही सहमति हो’ प्रवक्ता सुन्दास भन्छिन् ‘भोलीसम्म कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने फाइनल हुन्छ ।’
सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रापबिच भएको आजको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लागेको हो । एमालेको भागमा परेको ४ मन्त्रालयमा मुख्यमन्त्रीसमेत पर्दछ ।
अब नेकपा एमालेबाट थप २ मन्त्री हुनेछन् भने माओवादीले एक मन्त्रालय पाउनेछ । राप्रपाबाट भने एक मन्त्रीले सपथ लिइसकेका छन् ।
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री चयन भएका खगराज अधिकारीले ३ जना बिना बिभागीय मन्त्री चयन गरेका थिए ।
पोखरा: नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल ...
काठमाडौं: युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्या...

