उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग
काठमाडाैं | माघ ९, २०७९
काठमाडौं: उपसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
सोमबार मगरले विज्ञप्ति जारी गर्नुहुँदै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको छ ।
कञ्चनपुर: कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...
पोखरा: गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...
डोटीः डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको ...