छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका नौ जना पक्राउ

काठमाडाैं | माघ ९, २०७९

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका नौ जना पक्राउ

काठमाडौँ:  छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।


भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा।३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो । 


सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिका(१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्