तस्बिरमा उहिलेको पोखरा

पाेखरा | माघ ७, २०७९

तस्बिरमा उहिलेको पोखरा

पोखराः   कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ ।


शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए । किशोरावस्थाकी उहाँ केहीबेर त्यसमै रोकिनुभयो । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो । 


उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उहाँले सुनाउनुभयो । तस्बिर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिच्नुभएको थियो । 


प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो रु संस्कृति, रहनसहन के थिए रु मानिसहरु के गर्थे रु समाज कस्तो थियो रु तस्बिर आफै बोल्छन् ।


तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ । 


तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पु¥याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन् ।


“महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उहाँले भन्नुभयो । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् ।


तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताउनुभयो । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आउनुभएका अमेरिकी नागरिक डग हलबाट उहाँले तस्बिर खिच्न सिक्नुभएको थियो ।


‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आउनुभएको थियो । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उहाँले तस्बिर खिच्नुभएको थियो । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत ।


“आजभन्दा ६०÷७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भन्नुभयो, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।”


प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भन्नुभयो ।


उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उहाँको भनाइ छ ।


गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ ।


महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ ।


महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्