अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि
म्याग्दी | माघ ६, २०७९
म्याग्दी: म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।
प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल सङ्घ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...