ठेकेदार खोज्दै पोखरा १७ का स्थानीयद्वारा वडा कार्यालय घेराउ

पाेखरा | माघ ५, २०७९

ठेकेदार खोज्दै पोखरा १७ का स्थानीयद्वारा वडा कार्यालय घेराउ

पोखरा:  सिद्धार्थ राजमार्ग अन्तरगत विरौटा– छोरेपाटन सडकखण्डको निर्माण कार्यमा ढिलाई भएको भन्दै पोखरा महानगरपालिका १७ का स्थानीयले नाराबाजीसहित वडा कार्यालय घेराउ गरेका छन् । 
 

 

विरौटा –छोरेपाटन सडकखण्ड निर्माण गर्ने जिम्म पाएको राम बिल्डर्स कम्पनीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि आफुहरुले वडा कार्यालय घेराउ गर्न बाध्य भएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।

 

उनका अनुसार स्थानीय बासिन्दाका प्रतिनिधि, निर्माणको जिम्मा पाएको कम्पनीका ठेकेदार र प्रमुख जिल्ला अधिकारीको बैठकले तीन महिनामा काम सक्ने निर्णय गरेको थियो ।

 

सो निर्णयको कार्यान्वयन नगरेको भन्दै वडा कार्यालय घेराउ गरेको भण्डारीले बताए । ‘विरौटा –छोरेपाटन निर्माण शुरु गरेको ३ वर्ष बढी भयो । काम सम्पन्न भएको छैन, भण्डारीले सुनगाभा न्यूजसँग भने, ‘वडाध्यक्षलाई ठेकेदार झिकाउन माग गरेका छौं । स्थानीय सरकारले काममा खबरदारी गरेन, त्यसैले त्यसको विरोधमा वडा कार्यालय घेराउ गरेका हौं ।’

 

उनले सडक निर्माणमा ढिलाई हुदाँ स्थानीयहरुले हैरानी खेप्नु परेको सुनाए । ‘सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले हैरानी खेप्न बाध्य छन्, धुलोले गर्दा बिरामी हुने स्थिती बनेको छ ।’ उनले भने ।

 

भण्डारीले आफुहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । ‘स्थानीय सरकार, पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलाई ठेकेदारलाई भेट्न खोजेका छौं तर प्रहरी प्रशासनले हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न खोजेको छ ।’ भण्डारीले भने । 

 

भण्डारीका अनुसार विरौटा –छोरेपाटन सडकखण्ड निर्माण कार्य थालेको करिब ५ वर्ष भइसकेको छ  भने सडक निर्माण गर्न राम बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्