पोखरा महोत्सवमा ४ करोडको कारोवार

पाेखरा | माघ ५, २०७९

पोखरा महोत्सवमा ४ करोडको कारोवार

पोखराः  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । 

 

युनाइटेड क्लबले आयोजना गरेको ११ औं महोत्सवमा करिव १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने महोत्सवमा करिव ४ करोड बरावरको कारोवार भइसकेको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।  


महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।


महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए ।


युनाइटेड क्लबले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए ।


महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने  कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।


 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्