बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बाग्लुङ | माघ ४, २०७९
सांकेतिक तस्बिर
बागलुङ: बागलुङमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बागलुङ–बरेङ सडकखण्ड निर्माणमा सञ्चालन भइरहेको टिपर सामग्री छाडेर फर्किदै गर्दा बागलुङ नगरपालिका ८ सिगानामा टिपर दुर्घटना हुँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का ४३ वर्षीय टिपर चालक राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए ।
बागलुङ नगरपालिका- ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बागलुङ नगरपालिका-८ सिगानादेखि वडा-३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर आज बुधबार बिहान साढे ९ बजे अनियन्त्रित भई सिगानाको शेरामा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

