पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो
पर्वत | माघ ३, २०७९
पर्वतः पर्वतबाट दुई पटक प्रतिनिधि सभा चुनाव जित्नुभएका नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा चुनावमा दुई पटकसम्म लगातार हराउनुभएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ ।
पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुवातमा मोदी गाउँपालिकाअन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२–२३ सालमा राज्यमन्त्री बन्नुभएको थियो । त्यसको केही वर्षपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बन्नुभएको थियो ।
यस्तै २०३९ सालमा जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बन्नुभएको थियो । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल हुनुभएको थियो ।
पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रूपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । ‘पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो’, स्थानीय राजु पौडेलले भन्नुभयो, ‘अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ ।’
विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नुभएको थियो । विसं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

