आज तनहुँ अदालतमा पलविरुद्ध मुद्धाको फैसला हुने

तनहुँ | माघ ३, २०७९

आज तनहुँ अदालतमा पलविरुद्ध मुद्धाको फैसला हुने

तनहुँ, तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि  सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।

 

शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर  कुँवरले जानकारी दिनुभयो । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाइएको उहाँले जानकारी दिनुभयो । 

 

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ ।

 

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ ।   नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोज...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका–२३ पन्चासेकी एक महिला खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा  जलेर घाइते भएकी छिन् ।  बिहीबार बेलुका आफ्नै घरमा खाना पकाउने क्...

थप पढ्नुहोस्

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी ...

थप पढ्नुहोस्