विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने
पाेखरा | माघ २, २०७९
पोखराः विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुने भएको छ । यती एयरको विमान पोखरामा आइतबार दुर्घटना हुँदा मृत्यु भएका ६९ जना मध्य २४ जनाको पोखरा र बाँकी ४५ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । दुर्घटना भएको विमानमा चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना अझै अज्ञात रहेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

