५४ सय मिटरको थोङफेदीमा मृत भेटिइन् एक्ली पदयात्री
पाेखरा | माघ २, २०७९
सांकेतिक तस्बिर
पोखराः मनाङको थोरङला पास पदमार्गमा एक महिला पदयात्री मृतावस्थामा भेटिएकी छिन् । उक्त पदमार्गमा रहेका पदयात्रीले महिला मृत अवस्थामा भेटेपछि हुम्दे प्रहरीलाई खबर गरेका थिए ।
पोखरामा रहेको नर्थ नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका सञ्चालक माेहन भण्डारीले पाेखराबाट गएका पथप्रदर्शकहरुले बिहान ८ बजे देखेकाे र उक्त जानकारी प्रहरीलाई दिएकाे सुनगाभा न्यूजलाइ बताए । पथप्रदर्शकहरुले उनको हाइ अल्टिट्युडकाकारण मृत्यु भएको अनुमान गरेका छन् ।
जानकारी पाएपछि घटनास्थल पुगेको मनाङ प्रहरीले उनी मृत अवस्ठामा रहेकाे पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उक्त महिला कोरियन नागरिक रहेको र अन्दाजी ४५ वर्षीया रहेको जनाएका छन् ।
उनको शव करिब ५४ सय उचाईमा रहेको थोङफेदीमा भेटिएको हो । उनी पथप्रदर्शबिना पदयाात्रामा निस्किएको हुनसक्ने जनाइएको छ ।
हाल उनको शव मनाङमा रहेको र काठमाण्डौं पठाउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै, सोही पदमार्गमा विदेशीका अन्य २ शवसमेत भेटिएको र एकमुष्ट पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।
(नोटः यसअघि प्रयोग भएको मृतकको तस्बिर कोरियन दूतावासको अनुरोधमा हटाइएको छ । –सम्पादकं)
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...
पोखरा: मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराक...
पोखरा: दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेज...

