स्कुलको बसको ठक्करबाट ७२ वर्षीय तुलसाको मृत्यु

झापा | पुस २९, २०७९

स्कुलको बसको ठक्करबाट ७२ वर्षीय तुलसाको मृत्यु

बिर्तामोड:  झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । 


बसले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री सोही स्थानकी ७२ बर्षीया तुलसा दाहाललाई बिहीबार दिउसो ३ बजे ठक्कर दिएको थियो । 


ठक्करबाट घाइते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटमा  मृत्यु भएको हो ।  बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्