टिकटक लाइभबाट जुवा खेलाउने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं | पुस २८, २०७९

टिकटक लाइभबाट जुवा खेलाउने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौंः     प्रहरी टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा ४ जनालाई प्रकाउ गरेको छ । 


टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।


प्रकाउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षीय प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षीय डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरीले जनाएको छ । 


त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए । उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ ।


प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको खुल्न आएको छ । 

 

प्रकाउ परेका चारै जनालाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपत्यका १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर वउत जगाती र ठिमी पठाएको प्रहरीले जनाएको छ । 

 

 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्