प्रेस युनियन सुदूरपश्चिम समितिको अध्यक्षमा स्वाँर निर्वाचित
काठमाडाैं | पुस २८, २०७९
धनगढी: नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
यसैगरी, युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर, समावेशी उपाध्यक्षमा जगत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध चयन हुनुभएको छ ।
खुला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल चयन हुनुभएको छ । यसैगरी, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।
दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाति सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेसी सदस्यमा रामदास राना, सागर कुश्मी, यौनिक अल्पसङ्ख्यक अपाङ सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिति संयोजकमा कृतबहादुर विष्ट, सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित हुनुभएको छ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

