म्याग्दी महोत्सव: सम्पूर्ण तयारी पूरा, आजबाट सुरु हुँदै
म्याग्दी | पुस २८, २०७९
म्याग्दी: आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्धारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाई गरेर पाहुनाको स्वागत गरेका छन् ।
पुस २८ देखि माघ ८ गते सम्म बेनीको खुल्ला मञ्चमा सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागर गर्न आयोजित महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भुषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्याली निकालिने आयोजकले जनाएका छन् ।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।
महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् ।
महोत्सवमा बेनीको पुरानो हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङ्गेतिक प्रस्तुति रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल रहेका छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको व्यवसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

