नेप्से परिसूचक २१.३५ अंकले घट्यो, कारोबार रकम ७ अर्ब बढी

काठमाडाैं | पुस २६, २०७९

नेप्से परिसूचक २१.३५ अंकले घट्यो, कारोबार रकम ७ अर्ब बढी

काठमाडौं:  साताको कारोबारको तेस्रो  दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो । 


साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।


यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।  

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्