जाँदाजाँदै मुख्यमन्त्री पोखरेल भनेः मेरो पालामा १२ मन्त्रालय थियो, अब ९ मात्रै होस्

पाेखरा | पुस २५, २०७९

जाँदाजाँदै मुख्यमन्त्री पोखरेल भनेः मेरो पालामा १२ मन्त्रालय थियो, अब ९ मात्रै होस्


पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा ९ मन्त्रालयमात्रै ठिक हुने बताएका छन् । 

 

मुख्यमन्त्री पोखरेलले पदमुक्त हुनु अघि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त धारणा राखेका हुन् । ‘अब बन्ने नयाँ सरकारले प्रदेशको विकास र समुन्नतको लागि हेरेर मन्त्रालय बनाउनुपर्छ, पोखरेलले भने, ‘विषम परिस्थितिमा आउँदा मन्त्रालय बढी भएको अनुभुति भएको हो, अब आउने नयाँ सरकारले प्रदेशले धान्न सक्ने मन्त्रालय निर्माण गर्नुपर्छ ।’

 

उनले आफु आउन भन्दा अगाडी नै ११ मन्त्रालय भएको भन्दै १ वटा मन्त्रालय थपेको बताए । 

 

पार्टीले यो चुनावमा आफुलाई टिकट नदिएपनि पार्टीको राजनीतिमा सक्रियरुपमा लाग्ने मुख्यमन्त्री पोखरेलको भनाई छ । 

 

उनले कार्यअवधिमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । 


 

काठमाडौं:   सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरे...

थप पढ्नुहोस्

पोखरा:  इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छ...

थप पढ्नुहोस्

पोखरा:  कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर ...

थप पढ्नुहोस्