एमालेका खगराज गण्डकीका मुख्यमन्त्री, समर्थनमा एसका मनाङे

कास्की | पुस २५, २०७९

एमालेका खगराज गण्डकीका मुख्यमन्त्री, समर्थनमा एसका मनाङे


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी चयन भएका छन् । कास्की क्षेत्र नम्बर १ (१)बाट निर्वाचित अधिकारीले आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्तिको प्रमाणपत्र लिएका छन् ।

 

अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न मनाङ १ को क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिेतका राजीव गुरुङ् (दिपक मनाङे)ले समर्थन गरेका हुन् । स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत एसमा प्रवेश गरेपनि आज नेकपा एमालेबाट मुख्यमन्त्रीा दाबी पेश गर्नेक्रममा खगराज अधिकारीलाई समर्थन गरेका छन् । 

 

राजनीतिक समीकरण अनुसार अघिल्लो गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखेर एसमा प्रवेश गरेका मनाङेले प्रदेशमा एमालेको सरकार बन्ने देखेपछि मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेका हुन् । 

 

पछिल्लो समीकरणमा अब मनाङेले कुनै एक मन्त्रालय पाउने पक्कापक्की भएको स्रोतले बताएको छ । मनाङेलाई मन्त्री दिन केन्द्रमा एमालेकै पहल रहेको जनाइएको छ । 

 

यद्यपि, उनले एस परित्याग भने गरेका छैनन् । पार्टीमा जे भएपनि सरकार टिकाउन समर्थन गरेको मनाङेको सटिक प्रतिक्रिया छ । 
 

 

अबको केही समयमा अधिकारीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

 

 

काठमाडौं:     सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आज...

थप पढ्नुहोस्

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्