हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
काठमाडाैं | जेठ २, २०८१
काठमाडौं: कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।
त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक(आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे ।
राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए ।
पोखरा: सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयुक्त बैठक पोखरामा सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको २ (दुई) दलीय राजनैतिक संयन्त्रको बैठक मंगलबार बसेको हो ...
ढोरपाटन: चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने ब...
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म...