पोखरा-२४ : जातीय दुर्व्यवहारमा ५० प्रतिशत बढी सजाय मागसहित वडाध्यक्ष अधिकारीविरुद्ध जाहेरी

पाेखरा | पुस २३, २०७९

पोखरा-२४ : जातीय दुर्व्यवहारमा ५० प्रतिशत बढी सजाय मागसहित वडाध्यक्ष अधिकारीविरुद्ध जाहेरी

पोखराः पोखरा महानगरपालिका वडा २४ का अध्यक्ष भरतबहादुर अधिकारीले सदस्य मैयाँ नेपालीलाई अपमानपूर्ण व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ । 
 

 

वडाध्यक्ष अधिकारीले गत १८ गते लक्षित वर्गलाई वडाबाट छुट्याइएको बजेट छलफलमा अपशब्द बोलेका थिए । उनले सदस्य नेपालीलाई हैसियत सोध्दै ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भनेका थिए । 

 

त्यस्तै, अधिकारीले ‘तँ तलबभत्ता खान आएकी होस्, घरमै बसे खा’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक बेइज्जती गरेको नेपालीको आरोप छ ।
 

 

वडाध्यक्षले होच्याएर अपमानपूर्ण व्यवहार गरेपछि नेपालीले पार्टीको वडा कमिटीमा जानकारी गराएकी थिइन् । त्यसपश्चात् पार्टीको भातृ संगठन मुक्ति समाजकोे निर्णयअनुसार प्रहरीमा वडाध्यक्ष अधिकारीविरुद्ध शुक्रबार जाहेरी दिइएको छ । 

 

जाहेरीबारे जानकारी दिँदै समाजका केन्द्रिय सचिव धनबहादुर नेपालीले कानूनी उपचारमा जानेक्रममा प्रहरीसमक्ष जाहेरी दिएको जनाए । नेपालीका अनुसार पीडक वडाध्यक्षमाथि थप ५० प्रतिशत बढी सजाय हुनुपर्नेछ । 

 

‘जातीय विभेद र लाञ्छनालाई कानूनले अपराध मानेको छ’ सचिव नेपालीले भने ‘त्यसमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दूव्र्यवहार र भेदभावविरुद्ध कानूनतः ५० प्रतिशत बढी सजाय हुने उल्लेख छ ।’

 

जाहेरीपछि कानूनले तोकेबमोजिम पीडकलाई कारवाही हुनेमा विश्वस्त रहेको बताउँदै उन्मुक्ति दिने प्रयास गरे संघर्षमा उत्रने नेपाली र दलित अगुवाहरुको भनाई छ । 

 

नेपाली भन्छन् ‘जिम्मेवार जनप्रतिनिधिका हिसाबले वडाध्यक्षको भनाई गैरजिम्मेवार र समाजिक सद्भावविरुद्ध छ, जाहेरीपछि माफी माग्ने वा पाउने अवस्था टरिसकेको छ ।’

 

वडा सदस्य नेपाली नेकपा एमालेबाट र वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्